0 COMMENTS

 बासुदेव सेढाइ,लमजुङ२०जेठ०७५/ राजनीतिक अाधारमा बिभाजन हुदा,ब्यक्तिगत स्वार्थमा लाग्दा गाउँकाे बिकास हुन नसकेको अाफ्नाे गाउँ अत्यन्तै पिछडिएको र राज्यले पनि उपेक्षा गरेको भन्दै अब सबै मिलेर एकजुट हुदै गाउँकाे बिकासमा जुट्ने रामचाेक का स्थानीयले बताएका छन् ।

लमजुङको बेसिशहर नगरपालिका – ११ रामचाेकमा सतिपातल सामुदायिक बन उपभोक्ता समितिले अायाेजना गरेको एक कार्यक्रममा सम्पुर्ण उपभोक्ताहरु एकजुट हुने प्रतिबद्धता ब्यक्त गरेका छन् । बेसिशहर नगरपालिका भए पनि रामचाेक लाई हरेक कुरामा पछाडि पारिएको भन्दै असन्तुष्टि पाेखेका थिए । विशेष गरि बनकाे बैठक भनिएपनि गाउँकाे समग्र बिकासकाे बारेमा छलफल चलेको थियोे । रिष्टेवगर चित्रे र बर्तले तिलाहार बाटोकाे अवस्था अत्यन्तै दयनीय रहेको तर यसमा सम्बन्धित निकाय कसैले पनि चासो नदिएको भन्दै स्थानीय अाक्राेसित बनेका थिय ।

दाेर्दि जलविद्युत अायाेजना सुरुङकाे कारण पानीको मुल सुकेर खानेपानी समेत अभाव भएको छ तर स्थानीयले परियोजना बाट पाउनुपर्ने सेवा सुभिदा पाएका छैनन् । स्वास्थ्य ,शिक्षा ,बाटो ,खानेपानी अादिमा याे गाउँले कठिनाइ भाेगिरहेकाे छ । गाउँले हरुले गढि कालिका काे संरक्षण गरि धार्मिक पर्यटकीय स्थल बनाउने पनि तयारी गरेका छन् । अमरजंग गुरुङकाे अध्यक्षतामा रहेको सतिपातल महिला सामुदायिक बनकाे पुरानो समिति विघटन गरि डम्मरधाेज सेढाईकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । नयाँ समितिले बनकाे संरक्षण साथै अन्य बिकासका काममा पनि सक्रियताका साथ लाग्ने बताएको छ । कार्यक्रममा शैलेश जाेशि , तारानिधि तिवारी ,रामचन्द्र सेढाई ,अर्जुन सेढाई ,चिरञ्जीवी सेढाई ,प्रेमदत्त सेढाई ,मदन राज सेढाई ,लगाएतले अा- अाफ्नाे धारणा राख्नुभएको थियोे । निता सेढाईले संचालन गर्नुभएको कार्यक्रम काे प्रमुख अातिथ्यता बेसिशहर -११ का निर्वाचित वडा सदस्य कृष्ण कान्त कमलिकाे थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।