0 COMMENTS

मिलन चाम्लिङ,धरान१९जेठ०७५/ देशमा राजनीति परिवर्तन अनुसार नेपालमा लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ घोषणा भएसंगै संविधान कार्यनयनमा ल्याउन स्थानीयतह प्रदेशसभा प्रतिनिधिसभाको निर्वाचन भएसंगै धरान उपमहानगरपालिकाबाट नेपालमा नै पहिलो पटक संघीय ब्याबस्थालाई आत्मसात गर्दै धरान प्रज्ञा प्रतिष्ठान गठन भएसंगै धरानको साहित्यिक प्रतिभाहरुको संरक्षण संबर्दनको लागि २०७५ जेठ २१ गते धरान उपमहानगरपालिका भित्रका बिद्यालय एवं क्याम्पसका विद्यार्थीहरुका बिच प्रतियोगित्माक कविता गोष्ठी हुने भएको छ।

गोष्ठीमा धरान शिर्षक राखेर धरानका सामाजिक ,साकृतिक,धार्मिक,भौगोलिक,पहिचान र पर्यटकीय महत्त्वलाई केन्द्रीत गरेर कविता लेख्नु पर्ने छ ।
कविता कलेज स्तर र बिधालय स्तरको गरि दुई स्तरमा हुने छ।प्रथम द्दुतिय तृतीय र सान्त्वनालाई लगातार पन्ध्र हजार,दस हजार पाँच हजार र तीन हजार प्राप्त गर्ने छ । प्रतियोगितामा सगभागी साठी कबिता मध्ये बत्तीस कविता छनोट भएको कार्यक्रम संयोजक प्रा.डा भोलानाथ पौडेलले बताएका छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।