0 COMMENTS

काठमाडौं१९, जेठ ०७५/ पूर्वराष्ट्रिय फुटबल खेलाडी हरि खड्का नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी महिनादेखि लागू हुनेगरी खड्कालाई प्रशिक्षक पदमा नियुक्त गरेको जनाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वस्टार फरवार्ड खड्काले टोलीलाई साफ च्याम्पियनसिपको उपाधि दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको प्रतिक्रिया दिएका छन् ।

उनले महिला फुटबलको घरेलु संरचना बलियो बनाउन एन्फासमक्ष प्रस्ताव राख्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।