0 COMMENTS

प्राय पति–पत्नी सुत्ने बेला बेपरवाह भएर सुत्छन् । उनीहरु यो पनि सोच्दैनन् कि गलत तरिकाले सुत्दा वैवाहिक जीवनमा टकराव आउनुका साथै तालमेलमा कमी आउँछ । वास्तु विज्ञानका अनुसार यदि सुत्ने बेला केही कुरामा ध्यान दिने हो भने वैवाहिक जीवनका कैयौं समस्याबाट बच्न सकिन्छ । यहाँसम्म कि सन्तान सुखमा आउने बाधा पनि यसबाट कम गर्न सकिन्छ ।

पति पत्नीले सुत्ने सही तरिका
वास्तुविज्ञानमा भनिएको छ कि दाम्पत्य जीवनमा आपसी प्रेम तथा सद्भाव कायम राख्न पत्नीले पतिको बायाँतर्फ सुत्नु पर्छ । यसको पछाडि एउटा कारण छ । त्यो के भने पत्नीलाई पतिको बायाँ अंग मानिन्छ । जबकि पतिलाई पत्नीको दायाँ हिस्सा मानिन्छ । यसले पारिवारिक जीवनमा सन्तुलन बनाएर राख्छ ।

नभए निरस हुनसक्छ सम्बन्ध
नवविवाहित पति–पत्नीले उत्तर पूर्व दिशाको कोठामा या कोठाको उत्तर पूर्वमा बिस्तरा लगाउनु हुँदैन । वास्तु विज्ञानका अनुसार उत्तर पूर्व दिशाको स्वामी बृहस्पती गृह हुन् । जो यौन सम्बन्धको उत्साहमा कमी ल्याउँछन् । जसले गर्दा वैवाहिक जीवन निरस हुन जान्छ ।

यसरी सुत्दा बढ्छ प्रेममा उत्साह
पति–पत्नीमा यौन इच्छाको कमी हुँदा आपसी तालमेलमा कमी तथा अक्सर वादविवाद भइरहन्छ भने उनीहरुले दक्षिण पूर्व दिशाको केठामा सुत्नु पर्छ । या आफ्नो बेडलाई यो दिशामा लगाउनु पर्छ । यो दिशा शुक्र गृहबाट प्रभावित हुन्छ । यो दिशमा अग्निको वास भएको मानिन्छ । यो दिशामा सुत्दा दाम्पत्य जीवनप्रति उत्साह तथा उर्जाको सञ्चार हुन्छ ।

तर कामइच्छा बढी हुने दम्पत्तीले दक्षिण पूर्वमा आफ्नो शयन कक्ष नराख्दा नै राम्रो हुन्छ । यसले कामइच्छा अझ बढी प्रवल भएर समस्या निम्तिन सक्छ ।

यस्तो शयन कक्ष हुन्छ राम्रो
वास्तु विज्ञानका अनुसार उत्तर पश्चिम दिशाको शयन कक्ष पति–पत्नीका लागि हरेक तरिकाले उपयुक्त हुन्छ । यसबाट आपसी प्रेम र तालमेलमा बृद्धि हुन्छ । सन्तान सुखका लागि पनि यो धेरै राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।