0 COMMENTS

काठमाडौँ१९जेठ०७५/ विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न रहेकाे अाराेपमा माेरङ जिल्ला अदालतकाे अादेशमा थुनामा रहेका निलम्बित एसएसपी श्याम खत्रीले बयानमा प्रधानमन्त्री केपी अाेलीकाे नाम समेत जाेडेका छन् ।

खत्रीले माेरङ जिल्ला अदालतमा दिएकाे बयानकाे अंश

उनले आफूलाई प्रधानमन्त्री (तत्कालीन एमाले अध्यक्ष) केपी अाेलीले ‘दोसल्ला ओढाई सम्मान’ गरेको बताएका छन् । खत्रीले अाफ्नाे चरित्र असल रहेकाे र विभिन्न पुरस्कार तथा सम्मान पाएकाे प्रसंगमा अहिले प्रधानमन्त्री रहेका अाेलीकाे नाम जाेडेका हुन् ।

बयानका क्रममा ‘तपाईँ आफ्नो जागिरको सिलसिलामा कहाँकहाँ बस्नुभयो’ भनी सोधिएको प्रश्नको जवाफमा २०७३ सालकाे पुससम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एसएसपीका रूपमा कार्यरत रहेकाे बताएका छन् । सेवामा रहँदा राष्ट्रपतिबाट प्रदान गरिने प्रबल श्री चौथो पुरस्कार समेथ पाएकाे बताउँदै उनले भनेका छन्, ‘दशचोटि पुरस्कार पाएको छु, अहिलेका प्रधानमन्त्री (केपी अाेली) समेतले मलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो।’

शनम शाक्य हत्या र ३३ किलाे सुन तस्करी प्रकरणका मुख्य अभियुक्त बनाइएका बनाइएका चुडामणि उप्रेति ‘गोरे’ले एसएसपी खत्रीलार्इ पक्रियपछि सुन तस्करीकाे सबै रहस्य खुल्ने बयान दिएका थिए । खत्री यसअघि पनि सुन तस्करी अाराेपमा पक्राउ परी छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।