मिलन चाम्लङ,धरान,१८जेठ०७५/नेप्लिज युथ कम्युनिटी धरानले एसईई दिएर बसेको विद्यार्थीलाई लक्षित गर्दै विद्यार्थी नेतृत्व क्षमता बिकासको लागि धरान भानुचोक स्थित धरान गोर्खा किचनको हलमा आज देखि तीन दिने क्षमता अभिबृदी तालिम सुरु गरेको छ।
नेपालमा दोस्रो पटक र पुर्बको धरानमा पहिलो पल्ट बिद्यार्थीलाई लक्षित गरेर सधै भैरहेको तालिम भाषणकला र कार्य जीवन परामर्शमा अन्य सात वटा बिषय थप गरेर नयाँ कार्यक्रम सुरु गरेको नेप्लिज युथ कमिटीको अध्यक्ष लुइस जेम्स राई हामीलाइ जानकारी गराए ।
तालीममा नेतृत्वकला,विद्यार्थी र सामाजिक दायित्व,आलोचनात्मक र सृजनात्मक चिन्तन दृस्ठिकोण,हिंसा रहित समाज निर्माणमा विद्यार्थीको भुमिका,संवाद सीप र छरितो प्रदर्शन कला,अबको म ,सामुहिक कार्य र प्रोत्साहन बिषय नयाँ भएको बताएका छन।
त्यसैगरी तालिममा ३५ जना विद्यार्थीले प्रशिक्षण लिदैगरेकाे छन भने कपिल ढुंगाना, संजोग राई,लुइस जेम्स राई,मुरारी सुवेदी,शिक्षा भट्टराई,रबिन श्रेष्ठ,राजिब हल्वाइ र इलाका प्रहरी कार्यलय धरानका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले प्रशिक्षण दिने छन ।