0 COMMENTS

काठमाडौं १८, जेठ ०७५ / नेपाल धितोपत्र बोर्डले एनएमबी बैंकलाई एफपीओ जारी गर्न स्वीकृति प्रदान गरेको छ । बोर्डले शुक्रबार बैंकलाई ३ सय ३३ रुपैयाँका दरले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ जारी गर्न स्वीकृति प्रदान गरेको हो ।

साधारण शेयर थप सार्वजनिक निश्कासन (एफपीओ) जारी गर्न यसको एनएमबी बैंक लिमिटेडले बैशाख २० गते अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

बैंकको बिक्री प्रवन्धक नागरिक लगानी कोष रहेको छ । बैैंकले अब १ सय रुपैयाँको साधारण शेयरलाई २३३ रुपैयाँ प्रिमियम थप गरेर ३३३ मा एफपीओ जारी गर्ने भएको छ । यो बैंकको शेयर नेपाल स्टक एक्चेन्जको पछिल्लो कारोबार बिहीबार ४ सय ५ रुपैयाँमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।