0 COMMENTS

शास्त्रहरुका अनुसार साँझको समयलाई विशेष समय भनिन्छ । साँझको समयलाई धार्मिक मान्यता अनुसार पनि निकै महत्वपूर्ण पनि मानिन्छ । साँझमा पुजा आजा लगाएतका काम गर्नका लागि उपयुक्त समय मानिन्छ तर केही यस्ता कामहरु छन्, जसलाई साँझमा गर्दा लक्ष्मीले घर छोडने र दरिद्राको अवस्था आउने मान्यता रहेको छ । साँझको समयमा गर्न नहुने आठ वटा कामहरु यस प्रकार रहेका छन् ।

तुलसीमा जल चढाउनु हुँदैनः साँझको समयमा तुलसीको बोट नजिकै दिप बाल्नु उपयुक्त हुन्छ तर साँझमा जल चढाउँदा वा तुलसलाई छुँदा पनि दरिद्रताले सताउने धार्मीक मान्यता रहिआएको छ ।

साँझमा झाडु लगाउनु हुँदैनःसाँझको समयमा झाडु लगाउन नहुने शास्त्रमा उल्लेख गरेको छ । साँझमा झाडु लगाउँदा घरबाट सकारात्मक उर्जा बाहिर जाने मान्यता रहेको छ ।

स्त्रीको अपमान नगरौँः साँझको समयमा कुनै पनि अवस्थामा स्त्रीको अपमान गर्नुहुँदैन । साँझमा स्त्रीलाई अपमान गर्दा पाप हुने र लक्ष्मी रिसाउने मान्यता रहेको छ ।

अरुको गलत कुरा र चाप्लुसी नगरौँःसाँझको समयमा अरुका बारेमा अनावश्यक कुरा र चाप्लुसी गर्नाले सुख नमिल्ने र इज्जतमा दाग लाग्ने हुन्छ । त्यसैले साँझमा सधै सकारात्मक सोच्नुपर्छ ।

क्रोध नगर्नुहोसःसाँझको समयमा रिसाउने तथा क्रोध गर्नाले घरमा भगवानको बास नहुने बताइन्छ । क्रोध गर्नाले घरमा अशान्ति हुने र लक्ष्मीके कृपा पनि नमिल्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ ।

साँझमा नसुतौँः साँझको समयमा सुत्नाले स्वास्थ्यमा असर गर्ने धार्मिक मान्यता रहको छ । विरामी तथा वृद्धहरुसमेत साँझको समयमा उठेर आराम गर्ने गर्छन् ।

नशा नगरौँः साँझको समयमा नशा गर्नुबाट जोगिनुपर्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ । घरमा शान्ति र लक्ष्मीको बासका लागि साँझमा पुजा पाठ गर्नु उपयुक्त हुन्छ । त्यसैले साँझमा नशा गर्नबाट जोगिनुपर्ने मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।