0 COMMENTS

काठमाण्डाै१८जेठ०७५/२४ जुनदेखि १६ जुलाईसम्म ब्राजिलमा भएको १९५० को विश्वकप विशेष कारणले चर्चित बनेको थियो । प्रत्येक ४ वर्षको अन्तरालमा हुने विश्वकप १२ वर्षपछि मात्र भएको थियो। दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा गरी दुईपटक हुन नसकेको विश्वकपको सन १९५० मा ब्राजिलमा आयोजना गरिएको थियो । उक्त विश्वकपमा दक्षिण एसियाली राष्ट्र भारत पहिलोपटक छनोट भएको थियो । तर भारतले खेल्न भने पाएन । उक्त विश्वकपमा सोझै छनोट भएको भारत फुटबल जुत्ता नभएको कारण खेल्नबाट वञ्चित बन्यो ।

उक्त समय भारतीय खेलाडीहरु खालि खुट्टा फुटबल खेल्ने गर्थे । त्यसअघि पनि सन् १९४८ को ओलम्पिकमा पनि भारतीय खेलाडीहरुले खालि खुट्टा नै खेलेका थिए । तर विश्वकपमा छनोट भएसंगै भारतलाई फिफाले खाली जुत्ता लगाएर मात्र खेल्न निर्देशन दिएको थियो । जसका कारण भारत खेल्नबाट चुक्यो । त्यसपछि भने भारतले अहिलेसम्म विश्वकपमा सहभागीता जनाउन सकेको छैन ।

उक्त विश्वकपमा इटाली, टर्की, स्कटल्यान्डले सहभागिता जनाएनन् भने भारतले जुत्ता नभएर खेल्न नपाएपछि १२ राष्ट्रबीच मात्र प्रतिस्पर्धा भएको थियो । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।