0 COMMENTS

काठमाडौं१८जेठ०७५/ प्रतिनिधिसभामा दुई दिनअघि प्रस्तुत भएको बजेटमाथि छलफल चलिरहँदा सांसदहरू अाउने संसदभवनमा हाजिर गर्ने निस्कने गरेका छन् ।

बैठकमा शीर्ष नेताहरुसमेत उपस्थित भएकाे देखिदैन । सरकारका मन्त्री देखि दोस्रो बरीयताका नेताहरु पनि पूरा समय नबस्दा बजेटमाथिको छलफल प्रभावकारी हुन सकेको छैन ।

बिहीबरको बैठकमा हाजिर गर्ने सांसद २ सय २८ भएपनि बैठक अन्तिममा मुस्किलले ६० जना पनि उपस्थित थिएनन् ।प्रतिनिधिसभामा २ सय ७५ सदस्य छन् । हलकाे अधिकांश सिट खाली हुँदा कतिपय सांसदहरू क्यान्टिनमा बसेर गफ गरेकाे देखिन्थ्याे भने अन्त्यमा सत्ता पक्ष सभाषद २६ र प्रतीपक्षका २६ सभाषद मात्र हलमा देखीन्थे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।