0 COMMENTS

संसारमा फैलिएको पाप र अत्याचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको माध्यमबाट आसुरी मति भएका कौरवलाई समाप्त पार्नु महाभारतका पटकथाकार भगवान् श्रीकृष्णको ध्येय थियो ।

तर पाण्डवले धर्म नष्ट हुन्छ भनेर कौरवसँग युद्ध नगर्ने सम्भावना प्रबल थियो । त्यसैले योगेश्वर कृष्णले युद्धका लागि त्यस्तो भूमि छान्नुभयो जहाँ क्रोध र द्वेष पर्याप्त होस् । महाभारत युद्ध हुने निश्चय भएपछि युद्धभूमि खोज्नका श्रीकृष्णले अनेकौं दूत चारैतिर दौडाउनुभयो । ती दूतहरू जहाँ जान्छन् त्यहाँको विशेष घटना के रहेछ बुझेर आफूलाई बताउन उहाँले लगाउनुभयो । कुरुक्षेत्र पुगेको दूतले सुनाएको वृत्तान्तका आधारमा भगवानले युद्ध भूमि निश्चित गर्नुभयो ।

के भने दूतले ?
एकचोटि कुरुक्षेत्रमा घनघोर वर्षा भइरहेको थियो । एक ठाउँमा ठूलो दाजुले आफ्नो सहोदर भाइलाई वर्षाबाट फसल जोगाउनका लागि आली बनाउन लगायो । भाइले त्यसो गर्न स्पष्ट रूपमा इन्कार गरेपछि दाइ रिसले आगो भयो अनि भाइलाई छुरा धँसेर मारिदियो । त्यसपछि उसले भाइको लाशको खुट्टा घिसारेर त्यही लाशकै आली बनाइदियो ।

यस्तो नृशंस हत्याको कथा सुनेर श्रीकृष्णले यो ठाउँ भाइहरूबीच युद्धका लागि उपयुक्त रहेको निश्चय गर्नुभयो । यहाँ पुग्दा मस्तिष्कमा जस्तो प्रभाव पर्छ त्यसले प्रेम र सन्धिवार्ता हुन दिँदैन भन्ने श्रीकृष्णलाई थाहा थियो ।

हुन पनि त्यही भयो । यो युद्धमा नातासम्बन्धका सबै सीमाहरू भत्काइए । पर्याप्त रगत बग्यो यहाँ ।

त्यसैले शुभ अशुभ विचार वा कर्मको संस्कार भूमिमा समाहित भएर बसेको हुन्छ । त्यसैले शुभ विचार राख्ने र शुभ कार्य गर्नाले भूमि, पर्यावरण र प्रकृतिमा त्यसको असर पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।