0 COMMENTS

 

परिवारमा सुख, शान्ति बनाइ रहनका लागि द्रौपदीले कृष्णकी पत्नी सत्यभामालाई केही खास कुरा बताएकी थिइन । उनले वैवाहित स्त्रीले कुन—कुन काम गर्नु हुँदैंन । के कारणले वैवाहिक जीवनमा समस्या आउँछ । कसरी वैवाहित जीवन सुखमय बनाउन सकिन्छ भन्ने स्पष्ट रुपमा बताएकी छन् ।

१. द्रौपदीकाअनुसार पतिलाई आफ्नो काबुमा राख्न खोज्नु हुँदैंन । कयौं स्त्रीहरु पतिलार्इ काबुमा राख्नका लागि तन्त्र—मन्त्र, औषधी आदिका सहारा लिन्छन् । जो उनीहरुको सम्बन्धका लागि घातक हुन सक्छ ।

२. स्त्रीले समझदारी कायम गर्दा आफ्नो परिवारका सबै नाताहरुको पूरै जानकारी राख्नुपर्छ । किनभने, एक नाता पनि भुलेमा त्यसले सम्बन्ध विगार्न सक्छ ।

३. यदि स्त्रीलाई सुखी वैवाहित जीवन चाहियो त खराब चरित्र भएको स्त्रीबाट टाढा रहनुपर्छ । खराब चरित्र भएकी स्त्रीसँग हिमचिमले जीवनमा समस्या बढाउँछ ।

४. घरमा सुख शान्ति कायम गर्नका लागि स्त्रीले कहिल्यैं पनि अरुको अपमान हुने कुरा गर्नु हुँदैंन ।

५. स्त्रीले कुनै पनि कामका लागि अल्छी गर्नुहुँदैंन । जुनसुकै काम पनि समय बर्बाद नगरी पूरा गरिहाल्नुपर्छ । यस्तो गर्नाले पति र पत्नीको प्रेम सम्बन्ध मजबुत हुन्छ ।

६. द्रौपदीकाअनुसार स्त्री बारम्बार ढोकामा खडा हुनुहुँदैंन । यसो गर्नाले समाजमा स्त्रीको छवि खराब हुन्छ ।

७. स्त्रीले आफ्नो क्रोधमाथि नियन्त्रण राख्नुपर्छ । क्रोधका कारण ठूला—ठूला समस्याहरु उत्पन्न हुन्छन् । यसका साथै स्त्रीले परपुरुषसँग ब्यर्थ कुराकानी पनि गर्नु हुँदैंन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।