0 COMMENTS

काठमाडौं १७जेठ०७५/ साढे ३३ किलो सुन तस्करीमा संलग्न भनिएका प्रहरीका एसएसपी श्याम खत्रीले आत्मसर्मपण गरेका छन् । उनले बिहीबार बिहान जिल्ला अदालत मोरङमा आफै उपस्थित भएर आम्मसर्पण गरेका हुन्।

फरार खत्रीलाई पक्राउ गर्न रेडकर्नर नोटिसमार्फत खोजी भइरहेको थियो ।खत्रीले बिहीबार आत्मसर्मपण गरी मोरङ जिल्ला अदालतमा उपस्थित भएको सुन तस्करी छानबिन गर्न गठित समितिका संयोजक ईश्वरराज पौडेलले बताए ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्री अभियोग लागेपछि फरार थिए । खत्रीलार्इ पक्राउ गरेमा सुन तस्करीका मालिक र गिरोह नै खुल्ने बयान यसअघि पक्राउ मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ले जिल्ला अदालत मोरङमा बयान दिएका थिए ।

गोरेको बयानपछि विमानस्थलबाट एक किलो सुन तस्करी गराउँदा ५ हजार लिने गरेको अभियोग लागेका खत्रीको खोजी लार्इ सरकारद्वा गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेल संयोजकत्वमा गठित विशेष टोलीले गरिरहेको थियो ।

खत्री तीन वर्षसम्म निरन्तर विमानस्थलमा कार्यरत रहँदा ठुलो परिमाणमा सुन तस्करी भएको थियो । यसअघि विमानस्थलबाट बरामद भएको ३४ किलो सुन तस्करीमा संलग्नता देखिएर पक्राउ परेका खत्रीले अदालतबााट सफाइ पाएका थिए ।

तर खत्रीकै सेटिङमा विमानस्थलमा भित्रिने तस्करीको सुन बाहिरिने गरेको बयान गोरेसहितका अभियुक्तले दिएपछि उनी सर्वाधिक खोजीको सूचीमा थिए। आफ्नै गाडीमा राखेर विमानस्थलबाट बाहिर सुन निकाल्ने गरेको बयान गोरेले दिएका थिए । प्रहरी प्रधान कार्यालयले खत्रीको खोजीलका लागि इन्टरपोलबाट नोटिस पनि जारी गरेको थियो ।

गोरेले मोरङ अदालतमा दिएको बयानमा खत्री नै सुन तस्करीका प्रमुख व्यक्ति भएको र उनको सेटिङमा नेता र प्रहरीका ठुला हाकिम समेत मिलेको बताएका थिए । उनले बयानका क्रममा तस्करीबाट प्राप्त रकम आफुले ‘खाई मासेको’ र आफुसँग एक रूपैयाँसमेत नरहेको बयान दिएका थिए ।

गोरेले सनम हत्याकाण्डमा मुछिउका महानगरीय प्रहरी अपराध महाशाखाका सई बालकृष्ण सञ्जेललाई घर बनाउँदा ३५ लाख सापटी दिएको बयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।