ब्रह्मवैवर्त पुराणको ब्रह्म खण्ड २७।२९।३८ मा स्त्री पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ ।यसमा स्त्री पुरुष मिलनका लागि कैयौं दिन अशुभ भनेर उल्लेख गरिएको छ । यी दिनमा विवाहित जोडी वा प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्ध हुनु राम्रो मानिँदैन । यी दिनमा हुने शारीरिक मिलनले भविष्यमा नकारात्मक फल दिने वा अशुभ हुने उक्त पुराणमा उल्लेख छ ।
कुन कुन दिन स्त्री पुरुष मिलन अशुभ ?
१. औंशीको दिनमा जोडीहरुको मिलन हुनु अशुभ मानिन्छ । औंशीको दिनमा शारिरक सम्बन्ध नभएको उत्तम हुने पुराणमा उल्लेख छ ।
२. औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्ध परहेज गरिएको छ ।
३. सक्रान्तिमा पनि जोडीहरुबीच शारीरिक मिलन अशुभ मानिएको छ ।
४. प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथि पनि शारीरिक मिलनका लागि अशुभ मानिएको छ । यी दिनमा शारीरिक सम्बन्ध नराख्नु राम्रो ।
५. पुराणमा आइतबार समेत शारीरिक मिलनका लागि अशुभ भनेको छ ।
६. श्राद्धको समय अर्थात पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन परहेज गरिएको छ ।
७. कुनै पनि ब्रत बसेको समयमा पनि स्त्री पुरुष सहवास तथा तिलको तेल खान र लगाउन निषिद्ध छ ।