0 COMMENTS

पशुपतिनाथ भगवान् शिवकै एक स्वरूप हो । भगवान् शिवको यो धाम यूनेस्को विश्व सांस्कृतिक धरोहरका रूपमा रहेको छ । हिन्दू धर्मको आठ सबभन्दा पवित्र स्थलमध्ये एक पशुपतिनाथ पनि हो । नेपालबाट मात्र नभई भारत तथा अन्य देशमा रहेका हिन्दूहरू यहाँ दर्शन गर्न आइपुग्छन् ।

पशुपतिनाथमा स्थापित शिवलिंग ६ फीट अग्लो र पञ्चमुखी छ । यो लिंग विग्रहमा चारै दिशामा चार मुख र पाँचौं मुख माथिल्लो भागमा छ । प्रत्येक मुखाकृतिको दाहिने हातमा रुद्राक्षको माला र देब्रे हातमा कमण्डलु छ । सबै मुख आफैंमा महत्त्वपूर्ण र नामसहितका छन् ।

शिवलिंगको पूर्व दिशातर्फको मुख तत्पुरुष, दक्षिणको अघोर, उत्तरको वामदेव र पश्चिमको सद्योजात भनिन्छ । यी चारै मुखलाई चार वेदको चिह्नका रूपमा जानिन्छ । शिवपुराणका अनुसार, यस शिवलिंगलाई ज्योतिर्लिंगका रूपमा स्थापित गरिएको थियो ।

पौराणिक कथाअनुसार, भगवान् शिव यहाँ कृष्णसारको रूप धारण गरेर निद्रामा हुनुहुन्थ्यो । देवताहरूले उहाँलाई खोजेर बनारस लग्न खोज्दा उहाँ वाग्मतीको अर्को किनारतर्फ फाल हान्नुभयो । त्यसै क्रममा उहाँको सिङ भाँच्चिएर चार टुक्रा भयो । अनि भगवान् पशुपति चतुर्मुख लिंगका रूपमा प्रकट हुनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।