0 COMMENTS

 ज्योतिषविद्याले भविष्यमा हुने शुभाशुभ घटनाको जानकारी दिने बताइन्छ । हस्तरेखा ज्योतिषमा हत्केलाको रेखा र बनावट हेरेर भविष्यवाणी गर्न सकिन्छ ।भारतको उज्जैनकी हस्तरेखा विशेषज्ञ डा विनिता नागरका अनुसार, हत्केलामा साना रेखाहरूको निशानले व्यक्तिको सौभाग्य बढाउँछ । हत्केलामा यस्तो शुभ चिह्न हुने व्यक्तिले सुखसुविधा र मानसम्मान प्राप्त गर्छन् ।

यस्तै एक शुभ चिह्न त्रिशूल पनि हो ।

शुक्र पर्वतमा त्रिशूल भएमा व्यक्तिले जीवनमा साँचो प्रेम पाउँछ । यस्तो व्यक्तिले अरूको भावना बुझ्छ । शुक्र पर्वत बूढी औंलाको ठीकमुनि हुन्छ र जीवनरेखाले यसलाई घेरेको हुन्छ ।

कसैको हत्केलामा रहेको मंगल पर्वतमा त्रिशूल भएमा व्यक्ति कडा मेहनत गरेपछि धनी हुन्छ । मंगल पर्वत हत्केलामा दुई ठाउँमा हुन्छन् । एक मंगल पर्वत गुरु पर्वत र शुक्र पर्वतको बीचमा हुन्छ अनि अर्को चाहिँ चन्द्र पर्वत र बुध पर्वतको बीचमा हुन्छ ।

चन्द्र पर्वतमा त्रिशूल छ भने व्यक्ति कल्पनाशील र रचनात्मक हुन्छ । यो पर्वत बूढी औंला र शुक्र पर्वतको ठीकअघि हत्केलाको अर्कोपट्टि हुन्छ ।

कान्छी औंलाको मुन्तिर बुध पर्वत हुन्छ । बुध पर्वतमा त्रिशूल भएमा व्यक्ति बुद्धिमान हुन्छ र बुद्धि खियाएर धनी बन्छ ।

गुरु पर्वतमा त्रिशूल भएमा व्यक्ति सफलताका साथै प्रसिद्धि प्राप्त गर्दछ । यो चोर औंलाको मुन्तिर हुन्छ ।

माझी औंलाको मुन्तिर शनि पर्वत हुन्छ । शनि पर्वतमा त्रिशूल भएमा व्यक्ति ज्ञानी र धनी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।