0 COMMENTS

काठमाडौं, १७ जेठ०७५ / त्रीचन्द्र कलेजका विद्यार्थीबीच ग्याङ फाइट भएको छ।ग्याङ फाइट हुँदा खुकुरी प्रहार गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरुमा अनिल तामाङ, सौरभ श्रेष्ठ र सहदेव नेपाल रहेका छन्।सोमबार बिहान साढे १० बजे कमलादीमा त्रीचन्द्र कलेजका विद्यार्थी म्यागी गुरुङलाई उक्त समूहले खुकुरी प्रहार गरेको थियो।घाइते गुरुङको हिमाल अस्पताल, कमलपोखरीमा उपचार भइरहेको छ।प्रहरीका अनुसार कमलादी क्षेत्रमा रहेका गुरुङलाई अभियुक्तहरुले खुकुरी प्रहार गर्न थालेपछि उनी भागेका थिए।म्यागीलाई पुन: खुकुरी प्रहार गर्न लखेट्दै गरेको अवस्थामा सादा पोसाकमा रहेका नेपाल प्रहरीका सई लोकेन्द्र पण्डीतले अभियुक्तहरुलाई नियन्त्रणमा लिएका थिए।

नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।