0 COMMENTS

 मोरङ१६जेठ०७५/ जिल्ला प्रशासन कार्यालय मोरङले आफैंलाई गोली हान्न लगाएर आतंक फैलाउने प्रयास गरेका श्री निवासाचार्यलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

आज भएको बहसपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको ईजलासले निवासाचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । आदेशअनुसार सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागार लैजाने तयारी गरिए पनि सास फेर्न समस्या भएको बताएपछि श्री निवासाचार्यलाई विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

उनीविरुद्ध हातहतियार तथा खरखजाना ऐनअनुसार मुद्दा दायर गरिएको छ । चैत २५ गते विराटनगर–१४ जतुवाको राम–जानकी मन्दिर नजिक श्री निवासाचार्यकै निर्देशनमा अगंरक्षकले उनलाई गोली प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।