0 COMMENTS

काठमाडौं१६, जेठ ०७५/ संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको बहुचर्चित परियोजना अरुण तेस्रोको निर्माणमा अवरोध पुर्‍याउने जोकोहीलाई आतंककारी घोषणा गरी कारवाही गर्ने चेतावनी दिएका छन् ।

मुआब्जा नपाएको भन्दै अरुण तेस्रो प्रवेश मार्ग आसपासका प्रभावितहरुले पटक पटक अवरोध गरेपछि आयोजना प्रभावित हुँदै जान थालेको भन्दै उनले त्यस्तो चेतावनी दिएका हुन् ।

जिल्ला प्रशासनमा अरुण तेस्रो प्रवेशमार्गमा अवरोध भएको उजुरी परेपछि सोमबार जिल्ला प्रशासन कार्यालयमा स्थानीयसँग प्रशासनको छलफल भएको थियो ।

‘हालसम्म भएका अवरोधलाई माफी दिएका छौं,’ प्रजिअ अधिकारीले भने, ‘आगामी दिनमा यस्ता विकार विरोधी गतिविधि गर्नेलाई कडा कारवाही गर्नेछौं ।’ –राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।