0 COMMENTS

रमिला बस्नेत , उदयपुर १५,जेष्ठ०७५/नेपाल विद्यार्थी संघ सिटिभिटिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ॠषिकेश जंग शाहले पार्टी भित्र र भातृ संगठन भित्र आत्मीयता सहितको एकता आवस्यकता रहेको बताउनु भएको छ। कम्युनिस्ट हरुको सरकारले मनोमानी सुरु गरेको भन्दै सो मनोमानीलाई प्रतिकार गर्न नेपाली कांग्रेस र नेबि संघमा आत्मीयता सहितको एकता आवस्यक रहेकोमा जोड दिनु भयो।

शाहले यदि हामीले अहिले सचेत हुनसकेनौ भने कयौं बालकृष्ण रिहाई हुने कुरामा पनि ध्यानाकर्षण गराउनु भयो। पार्टी भित्रका युवा नेताहरूलाई पनि पार्टीको बिवाद बाहिर ल्याउदा आफैलाई घाटा हुने सुझाव दिनु भएको छ। शाहले अहिलेको सरकारबाट जनताले समृद्धि भन्दा पनि भ्रम पाएको कुरा जिकिर गर्नु भयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।