0 COMMENTS

काठमाडाैँ१५जेठ०७५/ सरकाले विभिन्न व्यक्तिहरुलाई प्रदान गर्ने मानपदवी(अलंकार) लगायतका सम्मान १ वर्षभित्र लिन नआए खारेज गर्ने भएको छ।

त्यसरी खारेज गरिएका मानपदवी, अलंकार तथा विभूषण लिलामी गर्ने सरकारको तयारी छ।

२०६२, ६३ को जनआन्दोलनअघि राजाको जन्मोत्सवका दिन मानपदवी प्रदान गर्ने चलन थियो। जनआन्दोलनपछि भने गणतन्त्र दिवसका दिन यो पदवी राष्ट्रपतिबाट प्रदान गरिँदै आएकोमा गणतन्त्रअघि र त्यसपछिको अवधिमा प्रदान गरिएका करिब ३८ हजार तक्मा गृह मन्त्रालयमा बेवारिसे अवस्थामा छन्।

बेवारिसे अवस्थामा रहेका धेरैजसो तक्मा राजतन्त्र कालमा सिफारिस गरिएका छन् । यी तक्मा निर्माणका लागि सरकारले १ अर्ब हाराहारीमा खर्च गरेको गृह मन्त्रालयकै अधिकारीको भनाइ छ। आजको कारोवारमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।