0 COMMENTS

मिलन चाम्लिङ, धरान१४जेठ०७५/  संघीय ब्याबहारिक शिक्षा आजको आवश्यकता,शैक्षिक नीति निर्माणमा विद्यार्थी सहभागिता भन्ने नाराका साथ धरानमा १४ गतेबाट सुरु भएको संघीय विद्यार्थी युनियनको ऐतिहासिक तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक मञ्च लिम्बुवानको केन्द्रिय अध्यक्ष कुमार लिङ्ग्देन (मिराक)ले शासक परिवर्तन हुने तर पहिचान कहिले परिबर्तन नहुने बताएका छन।

इतिहासमा पल्टाएर हेर्ने हो भने नेपालको शासन धेरै परिवर्तन भएको तर आजसम्म कहिले लिम्बुवानको पहिचान परिवर्तन नभएको बताएका छन।बरु देश नरहला पहिचान सधैं रहने बताएका छन।कुनै धर्मका नाममा प्रदेशको नाम राख्न नहुने र प्रदेश १ को नामङकन गर्दा खेरि लिम्बुवानसंग एकचोटि सल्लाह गरेर मात्र नामङकन गर्नु पर्ने बताएका छन यदि एकलौटी ढंगबाट नामङकन भएमा लिम्बुवानलाई मान्य नहुने बताएका छन।

नेपालको निर्वाचन प्रणाली ठिक नभएको जित्नेको भन्दा बढी हार्नेहरुको मत एकठाँउ भेला बनाउदा बढी हुने भएकोले निर्वाचन प्रणाली परिवर्तन गरेर समानुपातिक चुनावी प्रणाली लागू गर्नुपर्ने बताए।प्रदेशको नामङकनको बिषयमा सदनमा छलफल नभएकोले प्रदेशको नामङ्कन बारेमा अहिले बोलिहाल्नु नहुने र प्रदेशको नामङ्कन गर्नुभन्दा पहिले संबिधान सम्सोधन गर्नुपर्ने बताए ।देश संघीयमा गैसकेको तर पुर्ण रुपमा गैनसकेको केन्द्रिय सरकारले प्रान्तीय सरकारलाई कुनै कानुन नदिएको कारण काम गर्न अप्ठ्यारो भएको प्रदेश सांसद बिष्णु तुम्बाफेले बताए । कार्यक्रममा पार्टीका उपाध्यक्ष बिशेन्द्र चेम्जोङ महासचिव शान्ता योङहाङ लगायतले भनाइ राखेको थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।