0 COMMENTS

महिलाहरु गर्भवती भएपछि छालामा निकै सेन्सेटिभ भएका हुन्छन् । त्यहाँ हातले कन्याए, च्यापिएमा पनि छाला च्यातिएर दाग बस्न सक्छ । बच्चा पाइसकेपछि पनि छालामा बसेको उक्त दाग लामो समयसम्म रहन सक्छ । यसले महिलाहरुको सौन्दर्यमा असर पु¥याउन सक्छ । त्यसैले यस्तो समस्याबाट छुटकरा पाउन निम्न उपायहरु अपनाउन सकिन्छ ।

चिनी

२ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिसाई घोल्ने । त्यस मिश्रणलाई छालामा भएको दागमा लेप्ने र १० मिनेटसम्म दाग वरिपरि मसाग गर्ने । १० मिनेटपछि त्यसलाई पखाल्ने ।
यो विधि १ महिनासम्म नियमित अपनाउनाले च्यात्तिएको छालाको दाग बिस्तारै हराउँदै जान्छ।

आलु

आलुमा प्रशस्त खनीज पदार्थ र भिटामिन पाइन्छ। यसमा भएको भिटामिन ई र के ले छालाका कोषहरूको वृद्धिविकासका साथै छालाको दागधब्बालाई निको पार्ने काम पनि गर्छ। त्यसैले आलुलाई काटेर मोटो चिरा बनाउने र त्यसलाई दागमा दल्ने ।
केहि मिनेटपछि आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्ने । दाग नहराउञ्जेल नियमित यो विधि अपनाउनुहोस्।

सुपारी

सुपारीमा प्रशस्त भिटामिन ई पाइन्छ। यसले क्षय भएका शरीरका कोषहरूलाई पुनर्जिवीत गराउने काम गर्छ। त्यसैले सुपारीलाई १ घण्टासम्म भिजाउनुहोस्।
ढाडिएको सुपारीलाई खस्रो सतहमा राखेर घोट्नुहोस् र त्यसको बाक्लो पेस्ट बनाउने ।
त्यो पेस्टलाई शरीरको कुनै पनि अङ्गमा भएको घाउचोटको दाग, च्यात्तिको छालाको दाग, पोलेको घाउको दाग लगायत अन्य खतमा लेप्न सकिन्छ ।
राति यसको लेप लगाएर विहान उठेर पखाल्दा उचित हुन्छ ।
खत नहराउञ्जेलसम्म यो विधि अपनाउनु पर्छ ।

अण्डाको सेतो भाग

उसिनेको वा काँचै अण्डाको रानिलाई छुट्याएर बाहिरको सेतो भागको पेस्ट बनाएर नियमित दाग बसेको छालामा लगाउनाले दाग बिस्तारै हट्दै जान्छ। यसमा भएको प्रोटिन र अमिनो एसिडले वृद्धि हुन छाडेको कोषलाई सक्रिय बनाउँदछ र छाला पुर्रिँदै जान्छ।

घिउकुमारी

घिउकुमारीको एउटै विशेष गुण भनेको यसको जलनविरोधकता हो। यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ। त्यसैले सकिन्छ भने दैनिक घिउकुमारीको एउटा डाँठ चपाउनुपर्छ । यसले रक्तचाप नियन्त्रण गर्नुको साथै अम्लपीत्त, पत्थरी, बाथ लगायत अन्य घातक रोगबाट छुट्कारा प्रदान गर्न सक्छ। त्यसलगायत च्यात्तिएको छालालाई निको पार्नको लागि दिनहुँ दागमा घिउकुमारीको जेल लगाउने र १०र१५ मिनेटपश्चात मनतातो पानीले पखाल्नुहोस्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।