0 COMMENTS

काठमाडौँ, १४ जेठ०७५/गृहमन्त्री रामबहादुर थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको एकाधिकार अब चाँडो अन्त्य हुने बताउनुभएको छ ।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आज विद्यार्थीसँगको भेटघाटमा उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा आम नागरिकको सहज पहुँच पुर्याउन तथा यससंग सम्बन्धीत व्यवसायमा संलग्न माफियालाई कारबाही गरी एकाधिकारको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि सरकारले यातायात क्षेत्रको एकाधिकार अन्त्य गरी कम्पनीमा दर्ता गर्नुपर्ने नियम कार्यान्वयन गरेको थियो ।पुनःगठित अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी नेतृत्वको प्रतिनिधिमण्डलले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन माग गर्दै आज ध्यानाकर्षण गराएपछि मन्त्री थापाले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।