0 COMMENTS

काठमाडौँ, १४ जेठ ०७५/ सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुंगेललाई सजाय मिनाहासम्बन्धी सरकारले गरेको भनिएको निर्णयको सक्कल कागजात पेश गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा आज बहस नसकिएकाले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि मंगलबार लागि पेशी तोकी सजाय मिनाहासम्बन्धी सक्कल कागजात पेश गर्न आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा माफी दिने ‘सरकारी निर्णय’ रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दिनुभएको थियो । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले शुक्रबार ढुंगेललाई माफी दिनाको कारणसहित २४ घण्टाभित्र दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।