0 COMMENTS

काठमाडौं१४जेठ०७५/ मोटरसाइकल दुर्घटनामा घाइते भएका गायक शिव परियारले अहिले आफ्नो स्वस्थ्य अवस्था खतरा मुक्त रहेको जानकारी गराएका छन् । उनले आफ्नो फेसबुक मार्फत आफ्नो अहिलेको अवस्था खतरामुक्त रहेको जानकारी गराएका हुन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

उनको तीन दिन अघि सामाखुशी बसुन्धारमा रहेको हुन्डाई सर्भिस सेन्टरमा आफ्नो कार हेर्न जाने क्रममा बा ८० प ९९९८ नम्बरको बाइकमा सवार उनलाई अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरी पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको एफजेड बाइकले ठक्कर दिएको थियो ।

उनको दाहिने खुट्टामा गहिरो चोट लागेपछि उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । अर्को मोटरसाइकल अत्यधिक गतीमा आएकै कारण दुर्घटना हुन पुगेको उनको भनाई छ ।

साथै उनले दुर्घटना भइसकेपछि बचाउनुस भनेर धेरैलाई आग्रह गर्दा अधिकांशले सेल्फी, फोटो र भिडियो खिचेको भन्दै दुखेसो पनि पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।