0 COMMENTS

काठमाडौं१३, जेठ०७५ /३३ किलो सुन तस्करी तथा सन शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले प्रयोग गरिरहेको हतियार फेला परेको छैन ।

काठमाडौं, जेठ १३ । ३३ किलो सुन तस्करी तथा सन शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले प्रयोग गरिरहेको हतियार फेला परेको छैन ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले उनले प्रयोग गरेका तीनवटा पेस्तोल खोजिरहेको छ ।

स्रोतका अनुसार गत वर्षदेखि नै उनले हतियार बोक्दै आएका थिए । विभिन्न रेस्टुरेन्टमा बस्दा उनले हतियार झिकेर टेबुलमा राखेपछि मात्रै कुराकानी सुरु गर्ने गरेको स्रोतले जनाएको छ ।

३३ किलो सुनका मालिक भनिने एमके (मोहनकुमार) अग्रवालका मानिसले कुटपिट गर्दा त्यही हतियार देखाएर उनी भागेका थिए ।

३३ किलो सुन गायव भएपछि गोरेले थाई एयरलाइन्सका सिनियर इन्जिनियर सानु बनलाई त्यही हतियार देखाएर पटकपटक मानसिक यातना दिने गरेका थिए । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।