0 COMMENTS

गौशाला०७जेठ०७५/ जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे छ ।बिहानैदेखि चर्को घाम र दिउँसो तातो हावाले गर्दा जिल्लाको तापक्रम ३० देखि ४० डिग्रीसम्म पुगेकाले यहाँका बासिन्दालाई गर्मीले सताएको हो ।

गर्मीका कारण जिल्लाको १० नगरपालिका र पाँच पाउँपालिकाका बासिन्दालाई दिउँसो घर बाहिर निस्कन कठिन भएको छ भने शहर बजार सुनसान देखिन्छ । तातो हावाले जिल्लाको वातावरण २४ सै घण्टा अस्तव्यस्त बनेको छ ।

गर्मीका कारण बालबालिका, वयस्क र वृद्धवृद्धालगायत सम्पूर्ण जिल्लावासी प्रभावित भएकाले विरामीको संख्या बढेको सम्बद्ध अस्पतालका चिकित्सकले जनाएका छन् ।

त्यस्तै गाउँ गाउँमा रहेका सयौँ पोखरी, तलाउ, इनार र नदी पनि सुकिसकेकाले मानिससहित बस्तुभाउ र पशुपंक्षीलाई पनि पानी खानलगायत समस्या हुनुका साथै खेतबारीमा लगाइएको बालीनालीसमेत सुकेर बजारमा हरियो सागसब्जीको समेत अभाव भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।