0 COMMENTS

माेरङ ०७जेठ०७५/ माेरङकाे रंगेली उर्लाबारी सडक खन्ड अन्तर्गत सुनवर्सि नगरपालिका ५ स्थित झिङ्गि टाेल नजिकै पुर्बबाट पश्चिम तर्फ अाउदै गरेको माउन्ट मकालु ईङलिस बाेडिङ स्कुलकाे मारुती भ्यान दुर्घटना हुदा ५ विद्यार्थी घाइते भएका छन । रंगेली नगरपालिका ६ वस्ने बर्ष २५ का सुदिप कुमार मंन्डल तिब्र गतिमा उत्तर बाट दक्षिण तर्फ अाउदै गरेकाे काे २९ प ८९९९ नम्बरको पल्सर माेटरसाईकललाई बचाउन खाेज्दा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।

काे १ च ७४८९ नम्बरको मारुती भ्यान सुनवर्सि नगरपालिका डाईनिया बजारबाट बिधार्थि बाेकेर ल्याउने क्रममा दुर्घटनामा परेको हाे । दुर्घटनामा परेका विद्यार्थी हरु टाईम्स अस्पताल रंगेलीमा उपचार भईरहेकाे छ । माेटरसाईकल चालककाे रंगेली अस्पतालमा उपचार भई रहेको र उनी ईलाका प्रहरी कार्यलयकाे नियन्त्रणमा रहेको रंगेली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।