0 COMMENTS

शारिरीक सम्बन्ध एक प्रकृतिक कृयाकलापको अलौकिक आनन्द हो, यसलाई संसारको सबै भन्दा आनन्द भन्दा पनि फरक नपर्ला त्या चराचुरुङगी होस, या जनावर या मानिहरु अझ यसो भनौ सजिव सबैले सेक्सबाट आनन्द लिन्छन। मानव जीवनको अस्थित्वका लागि तथा जिवन चक्र धान्नको लागि यसको अपरिहार्य छ । सेक्सलाइ माया र सन्तान जन्माउनको लागि मात्र सिमित छैन । सेक्सले मानिसको स्वास्थ्यमा बिभिन्न पक्षबाट फाइदा गर्ने बिज्ञहरुको भनाई छ । चिसोबाट जोगाउनदेखि हृदयघातबाट बचाउनसम्म सेक्सले मद्धत गर्छ । कम उत्तेजित हुने मानिसको आयुमा समेत असर गर्ने नयाँ तथ्य भेटिएको बैज्ञानिकहरुले दाबी गरेका छन । कम उत्तेजित हुने पुरुषमा छिट्टै ज्यान जाने ७० प्रतिशत सम्भावना रहेको उनीहरुको भनाई छ । उत्तेजना कम हुने मानिसमा मुटुजन्य समस्या हुने अमेरिकाको मिसिपीका बैज्ञानिकहरुले उल्लेख गरेका छन ।
यस्तो समस्याबाट अमेरिकामा झन्डै २ करोड मानिस प्रभावित भएको पनि उनीहरुको भनाई छ । लिंग उत्तेजित नहुने मानिसलाई बारम्बार हृदयघात, उच्च रक्तचाप लगायतको समस्या हुने र त्यसको कारण अल्पायुमा नै ज्यान जाने गरेको बैज्ञानिकहरुको दाबी छ । यसअगाडि बिशेषगरी यो समस्याबाट बृद्ध मानिस पीडित हुने मान्यता थियो । तद्यपी ४० बर्ष मुनिका २० प्रतिशत मानिसमा यस्तो समस्या देखिएको बैज्ञानिकहरुको भनाई छ।

१.तनावबाट मुक्त

माया आदानप्रदानको क्षण र चरमोत्कर्षमा पुग्दा उत्पन्न हुने न्युरो केमिकलले खुसी हुने हर्मोन उत्पादन गर्छ । सेक्सको अवधि र त्यसपछि उत्पन्न हुने अक्सवाईटोकिन हर्मोनले मानिसलाई आफ्नो जोडिप्रति बढी इमान्दार बन्न,शान्त हुन र निन्द्रा लगाउन सहयोग गर्छ । एकापसमा माया साटासाट गरेको २० मिनेटपछि अक्सवाईटोकिन हर्मन निस्कन्छ । पुरुषको तुलनामा यस्तो हर्मोन महिलामा चार गुणा बढी निस्कन्छ । त्यस्तै,सेक्सपछि सेरोटोनिन नामक अर्को हर्मोन पनि उत्पादन हुन्छ । यस हर्मनले मानिसलाई खुसी र हँसिलो बनाउनुका साथै तनावबाट मुक्त गराउँछ ।

२. स्वस्थ मुटु

बेलफास्टको क्विन्स युनिभर्सिटीले गरेको अध्ययन अनुसार सातामा तीनपटक यौन सम्पर्क गर्नेलाई मुुटु सम्बन्धी बिभिन्न समस्याको सम्भावना न्यून हुन्छ । ब्रिटिश हर्ट फाउन्डेसनका मेडिकल डाइरेक्टर पिटर बीइसबर्गका अनुसार ४० र ५० को दशकमा नियमित सेक्स गर्नेमा हृदयघातको खतरा अत्यन्तै कम हुन्छ । मुटुको सवालका बिषयमा सेक्स अर्को प्रकारको व्यायाम पनि हो भन्दै गायज एन्ड सेन्ट थोमस हस्पिटल र सेक्सुअल डाइजफङसन एशोशियसनका अध्यक्ष डा. ग्राहम ज्याक्सनले फिटनेसको सन्द्रभमा भन्ने हो भने एकपटक सेक्स गर्नु भनेको एक माईल टाढा हिड्नु जस्तै भएको बताएका छन । न्यू इन्ल्यान्ड इन्स्टिच्युटका बैज्ञानिकहरुले गरेको अध्ययनअनुसार मुटु मजवुत बनाउन यौनसम्पर्कको महत्पूर्ण भूमीका रहन्छ । तर यौनसम्पर्क स्वस्थ र सुरक्षित हुनुपर्छ। सातामा दुईपटक भन्दा बढी यौनसम्पर्क राख्नेमा भन्दा यौनसम्पर्क नराख्ने व्यक्तिमा मुटु रोगको संभावना ५५ प्रतिशत बढी हुन्छ । ४० देखि ७० बर्षसम्मका १ हजार पुरुषमा १६ वर्षसम्म गरिएको अध्ययनपछि बैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन । यदि यौन आवश्यकता समयमै पूरा भएमा शारीरिक रुपमा समेत मानिस स्वस्थ रहने अनुसन्धानले देखाएको छ । आफ्नो मायालुसँग बिताएको क्षणले पुरुषलाई भावनात्मक रुपमा समेत फाईदा हुनाले चिन्ता, तनाव जस्ता मानसिक रोगबाट मुक्ती मिल्छ । यसको प्रत्यक्ष सम्बन्ध मुटुसँग रहन्छ ।

३. चिसो भगाउँछ

सेक्सले चिसोबिरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गरिदिन्छ । सातामा एक÷दुई पटक नियमित सेक्स गर्दा इम्युनोग्लोबुलिन ए (आइजीए) प्राप्त हुन्छ । जसले चिसोबिरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमतालाई सहयोग गर्छ । सेक्सका क्रममा मुटुको चाल तीब्र हुँदा शरीरका अंग तथा कोषमा ताजा रगत आपूर्ति हुन्छ । त्यतिबेला शरीर पनि फूर्तिलो हुन्छ ।

४. आयु बढाउँछ

आयु र सेक्सका बारेमा गरिएका बिभिन्न अध्ययनहरुमध्ये बेल्सका मानिसमा गरिएको एउटा अध्ययन निकै महत्वपूर्ण सावित भएको छ । अध्ययनअनुसार महिनामा मुस्किलले एक पटक मात्र सेक्स गर्ने मानिस सातामा दुईपटक सेक्स गर्नेको तुलनामा छिट्टै ज्यान जाने बढी सम्भावना हुन्छ । यौन गतिबिधिले पुरुषको स्वास्थ्यमा रक्षात्मक प्रभाव पर्ने डा.ब्रिउर बताउछन । ताइवान बिश्वबिद्यालयका अनुसन्धानकर्ताले नियमित यौनसम्पर्क गर्नेहरुको आयु बढ्ने पत्ता लगाएका हुन । तर, महिलामा भने यो तथ्य लागु नहुने बताइएको छ । डा. हुवाङ कुवाङले हप्तामा कम्तीमा पनि एकपटक सेक्स गर्ने मानिस ८० बर्षभन्दा बढी बाँच्ने सम्भावना ५० प्रतिशतभन्दा बढी हुने तथ्य पत्ता लगाएका हुन । अनुसन्धानकर्ताका अनुसार सेक्सले हृदयघातबाट हुने मृत्युमा पनि कमी ल्याउछ भने मधुमेह हुने सम्भावना ४० प्रतिशतले र मुटुको रोग हुने सम्भावना ३० प्रतिशतले कमी ल्याउछ ।

५. बाँझोपनको खतरा कम

नियमित सेक्स गर्ने मानिसमा बाँझोपनको खतरा पनि कम हुन्छ । नियमित बीर्य फालिरहँदा बीर्यको गतिमा तीब्रता आउछ जसका कारण बीर्य उर्वरताका लागि छिटो भन्दा छिटो अन्डासयसम्म पुग्ने मिडल्यान्ड फर्टिलिटी सर्भिसका मेडिकल निर्देशक डा गिलियान लकउडले बताए। उर्वरताको कुरा आउन साथ हरेक रात सेक्स गर्नु उपर्युक्त हुने डा. लकउड बताउछन । अनुसन्धानहरुले धेरै स्खलनले जीवनको उत्तरार्धमा प्रोस्टेट क्यान्सर हुने सम्भावना कम भएको देखाएको बताएका छन ।

६. दिमागको कोषमा वृद्धि

३५ बर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार दिमागका कोषहरु गुमाउने हुँदा नियमित यौनसम्पर्क गर्नेको दिमागको कोषमा बृद्धि हुने अमेरिकास्थित प्रिन्सटन युनिभर्सिटीका बैज्ञानिकहरुले बताएका छन । सेक्सले स्मरण शक्ति रहने दिमागको कोषहरुमा तीब्र बृद्धि गरिदिने प्लस ओनमा सार्वजनिक गरिएको एक अध्ययनले जनाएको छ । तनाब र निराशाले स्मरण शक्ति हुने दिमागको हिपोक्याम्पसको आकारलाई सानो बनाइदिन्छ। तर ब्यायाम र सेक्सले यस्तो प्रभावको डटेर लड्छ । यसबाहेक सेक्सले दिमागको कोषलाई पतन हुनबाट बचाउँछ । तसर्थ बुढेसकालसम्म पनि यौनका दृष्टिले सक्रीय बृद्धबृद्धा डिमेन्सिया रोगको शिकार हुनबाट बच्छन।

७ निद्रा नलाग्ने समस्याबाट मुक्त

सेक्सपछि पुरुषमा अक्सिटोसीन हर्मोनको उत्पादन बढी हुन्छ । यो हर्मोनले आनन्द महशुस गराउँछ र प्रोलेक्टिन हर्मोनले निद्रा ल्याउँछ । खासमा सेक्स र निद्राको गहिरो सम्बन्ध हुन्छ । निद्राको समस्या भएका पुरुषलाई सेक्स निकै उपयोगी मानिन्छ । कतिपय अवस्थामा तनाव कम गर्न पनि सेक्स गरिन्छ । सेक्सपछि पुरुषमा मानसिक तनाव कम हुन्छ र निद्रा लाग्छ । सेक्समा क्यालोरी पनि बढी खर्च हुन्छ । कतिपय पुरुषहरु थकान महसुस गरेरपनि तुरुन्तै निदाउने गर्छन ।

८. आत्मसम्मानमा बृद्धि

सेक्सले ब्यक्तिको आत्मसम्मान बढाउन मद्दत गर्छ । युनिभर्सिटी अफ टेक्सासको अध्ययन अनुसार मानिसले सेक्स गर्ने दुई सय ३७ वटा कारणमध्ये आत्मसम्मान पनि एउटा कारण हो । सेक्स र चरमोत्कर्षले माया र सद्भावमा बृद्धि गराउँछ । यसको कारण भनेको सेक्सका बेला उत्पादन हुने ‘अक्सिटोसिन’ नामक हर्मोन हो, जसलाई ‘प्रेम हर्मोन’ पनि भनिन्छ ।

९. प्राकृतिक ‘पेन किलर

अक्सिटोसिनले शरीरमा इन्डोमोर्फिन नामक हर्मोन निकाल्न मद्दत गर्छ । इन्डोमोर्फिनलाई प्राकृतिक ‘पेन किलर’ पनि भनिन्छ । टाउको दुखाइ, हड्डी दुखाइ कमगर्न पनि यौनसम्पर्कले मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।