0 COMMENTS

तपाईलाई यो थाहा पाएर आश्चर्य लाग्ला कि मृगौला फेल भएर हुने मृत्यु विश्वमा मृत्युको १७औं ठुलो कारणमा पर्दछ । हरेक वर्ष दुई लाख बढीको मृगौला फेल हुने गर्दछ ।

मात्र ५ हजार मानिसको मृगौला प्रत्यारोपन हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मानव अंग निकै कम मात्र दान हुने भएका कारणले पनि मृगौला प्रत्यारोपण कमको मात्र हुने गरेको छ । मृगौला फेल हुनुको मुख्य कारण मधुमेह र हाइपर टेन्शन पनि हो ।

मृगौला फेल हुनुको अर्थ हो मृगौलाले काम गर्ने दर १५ प्रतिशतभन्दा कम हुनु । मृगौला फेल हुनु केही दिन पहिला शरीरले केही संकेत दिन थाल्दछ । त्यसलाई बेवास्ता गर्नु हुँदैन । डाक्टर अबरार मुल्तानीले यस्तै ६ संकेतका बारेमा बताएका छन्ः

१. पिसावको मात्रा अचानक वा विस्तारै कम हुँदै जानु ।

२. शरीरमा सुजन आउनु, विशेषगरी अनुहारमा ।

३. मन स्थिर नहुनु वा वान्ता हुनु ।

४. रक्तचाप अचानक बढ्नु ।

५. निरन्तर रगतको कमी हुँदै जानु ।

६. तौल अचानक कम हुनु ।

नोटः यो लक्षण अन्य रोगका पनि हुन सक्छन् । त्यसैले यसमध्ये कुनै पनि लक्षण तपाईले देख्नु भयो भने चिकित्सकको परामर्श अवश्य लिनु उचित हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।