0 COMMENTS

मिलन चाम्लिङ्०६जेठ०७५/  किरात राई यायोक्खा सुनसरीको आयोजनामा बैशाख १७ गते बैशाखे पुर्णको दिनदेखि भुमि (जमिन)को पुजा गरि आफ्ना पित्रीहरुको सम्झना गर्दै धरान १४ स्थित रहेको बिजयपुर दरबारबाट नाच्न सुरु गरेको साकेला सिलि आज धरान १७ स्थित सप्तरङ्गी साकेला पार्कमा प्रदेश नं १को मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा समापन भएको छ।

उक्त समापन कार्यक्रममा बोल्दै प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले हिमाल पहाड तराईमा बस्ने सबै जनता विभिन्न भाषा र धर्म मान्दै एक ढिक्का भएर बसेको कारण जातीयताको आधारमा किरातिहरुले किरात प्रदेश नामाङकन माग गर्न नहुने सबै जातिहरुलाई मान्यहुने नामाकरण हुने बताएका छन।

सबै जाती र सबै धर्मलम्वीहरुलाई तिनै तहका स्थानीय,प्रदेश,संघीय सरकारले संबिधानमा अटाएर लैजानु पर्ने र किराटिहरुले पहिचान खोजेको हो अरु केही नखोजेको र सस्कार सस्कृती रिति रिवाज बचाउनको लागि तीनै तहका सरकार लागि पर्नु पर्ने किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष तिलक राईले बताएका छन ।

नेपालीहरुको सबै चाड साझा भन्दै गएकोमा खुसी व्यक्त गर्दै किरातीहरुको प्रमुख माग प्रदेश नं १को किरात प्रदेश नामाकरण राख्न आफ्नो तर्फबाट प्रयास गर्ने प्रदेश नं १ को सभामुख प्रदीप भण्डारीले बताएका छन ।कार्यक्रममा प्रदेश नं १का उपसभामुख सरस्वती पोख्रेल, मन्त्रीहरु जीवन घिमिरे,हिक्मत कार्की,राजिब कोइराला,साबित्री श्रेष्ठ लगायत पचास हजार भन्दा बढी मानव जनसागारको उपस्थिति रहेको थियो ।किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमिति अन्तरगत रहेको पारम्बिक कार्यसमितिहरुले साकेला शाकेला शिली प्रतियोगितामा सहभागी जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।