0 COMMENTS

 रमिला बस्नेत, जेष्ठ ०४/ पेट्रोलियम पदर्थको मुल्य वृद्धिको बिरोधमा आन्दोलनमा उत्रिएको कंचनपुर नेपाल विद्यार्थी संघ माथी प्रहरी दमन भएको छ। शान्तिपुर्ण धर्ना दिदै गर्दा कंचनपुरमा प्रहरी दमनका कारण केन्द्रिय सदस्य प्रकाश थापा, कंचनपुर जिल्ला सभापति टेक पाण्डे लगायत २८ जनालाई नेबि संघका भिबिन्न तह र तप्काका नेताहरुलाई प्रहरीले लाठीचार्ज गरेर नियन्त्रणमा लिएको स्थानीय प्रत्येक्ष दर्शीले बताएका छन।

कंचनपुरमा भएको प्रहरी दमनको बिरोध गर्दै सह महामन्त्री प्रेम जोशीले तत्काल आफ्ना नेता साथीहरूलाई सरकारले रिहाई नगरे बामपंथी सरकारको विरुद्ध चरण बद्द आन्दोलन उत्रिने चेतावनी समेत दिएका छन। सरकार तीन महिनाको अबधि पेट्रोलियम पदार्थको मुल्य चारपटक वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघ आक्रोशित र आन्दोलित बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।