0 COMMENTS

 महिलाले यौनसम्र्पक राखे नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौनसम्र्पक राखेको बेला रगत आए नआएको वा दुखे नदुखेको कुरालाई आधार मान्ने गरेको पाईन्छ । अर्कातिर पुरुषमा लिङ्गको अगाडीको छाला फाटे नफाटेको पछाडिसम्म खुले नखुलेको आधारमा यौनसम्र्पक भए नभएको आधारमा मुल्यांकन गरेको पाईन्छ ।यस्तो सोच बास्तबमै गलत हो ।

खास उमेरपुगेपछि विवाह गर्ने चलन बढ्दै गएको अहिलेको समयमा महिलाको योनीको मुखमा बाल्यकालदेखि वा जन्मेदेखि रहने जालो यौनसम्र्पकदेखि बाहेक दौडधुप,खेलकुद, पौडी, साईकल चलाउने, वा अन्य यस्तै गतिबिधिका कारणले पनि फुट्न सक्ने हुनाले पहिलो यौनसम्पर्कको बेलामात्रै यो फुटेर रगत आउनुपर्छ भन्ने होईन । त्यस्तै पुरुष्को लिगंको छाला यौनसम्पर्क पछि मात्र फाट्छ भन्ने होईन ।त्यसकारण विवाह अगाडी यौनसम्र्पक राखेनराखेको सेक्सगर्ने व्याक्तिले बाहेक अरुले थाहा पाउन सक्दैन । यौनसम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने कुरा पनि गलत हो । योनी आवश्यकताको बेला रक्तसंचालनको कारण आफै खुकुलो हुन सक्छ । महिलालाई यौन उत्तेजना नभएको बेला योनीमार्गमा यौटा औला पाउन पनि अफ्ठ्यारो हुन सक्छ भने यौन उत्तेजना भएको बेला कुनै पनि आकारको लिगं यसभित्र पस्छ । जसरी आवस्यक भएको बेलामा योनी खुकुलो हुन सक्ने कुरा बैज्ञानिक सत्य हो त्यसरी नै यौनसम्पर्क पछि योनीले आफ्नै पुरानो तनाव र आकार ग्रहण गर्ने कुरा पनि बैज्ञानिक सत्य हो ।

ठुलो गास खाना खाएर मुख वा खाएको कुरा खाद्यनली खुकुलो र ठुलो हुदैन त्यस्तै यौनसम्पर्कपछि योनी खुकुलो हुदैन । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।