0 COMMENTS

पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ । सय थोपा रगत बराबर एक थोपा वीर्य हुन्छ भन्ने मान्यता छ । यसले गर्दा पनि स्वप्नदोष हुँदा या हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन् ।

यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फूर्तिलो बनाउँछ । पछिल्लो समयमा चिकित्सकहरूले हस्तमैथुन गर्न हौसाइरहेका छन् ।बढ्दो एचआईभी संक्रमण, यौन रोग, बलात्कारका घटना कम गर्न युवाहरूलाई हस्तमैथुन गर्न प्रेरित गरिएको छ । वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो । पिच्चपिच्च थुकिरहे पनि मुख सुख्खा हुने गरी कहिल्यै सुक्दैन । वीर्य स्खलन भएर सकिने चिज पनि होइन । अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ ।

अण्डकोष निश्चित भाग जसमा वीर्य बस्ने गर्छ त्यो भाग भरिएपछि यो बाहिर निस्कन्छ ।यौन सम्पर्क नगरेको लामो समय भयो वा हस्तमैथुन पनि गरेको छैन भने अण्डकोषमा जम्मा भएको वीर्य स्वप्नदोषमार्फत स्खलित हुन्छ । यो एकदमै सामान्य प्रक्रिया हो । वीर्य पतनबाट कुनै पनि किसिमको शारीरिक वा मानसिक हानि हुन्छ भन्नु क लागेको मानिसले खाना खाएर वा निद्रा लागेको मानिसलाई सुतेर हानि हुन्छ भन्नुजस्तै हो । वीर्य पतन तथा हस्तमैथुनसम्बन्धी भ्रमले धेरैले दुःख पाउने गरेका छन् । यसले चिन्ता तथा उदासीपनको समस्या ल्याउने गरेको छ ।यौन चाहना मेटाउने सुरक्षित उपाय हस्तमैथुनलाई जसरी भ्रमको भुमरीमा पारिएको छ त्यसै गरी स्वप्नदोष हुँदा कमजोर भइन्छ, अल्छी लाग्छ, काममा जोशजाँगर हुँदैन भन्ने भ्रम छरिएको पाइन्छ । हस्तमैथुन नगरी बस्न पनि नसक्ने, गर्दा पनि केके न बिराएँ भनी चिन्ता गर्नेको ठूलो जमात छ । हस्तमैथुन गरेकै कारण वा स्वप्नदोष भएकै कारण कुनै मान्छे दुब्लाउँदैन । यसका कारण कुनै कमजोरी सिर्जना पनि हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।