0 COMMENTS

काठमाडौं०४, जेठ ०७५/ नाडेप लघुवित्त वित्तीय संस्थाको ४ लाख ८० हजार कित्ता आईपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डले नाडेपलाई आईपीओ जारी गर्न शुक्रबार अनुमति प्रदान गरेको हो ।

अनुमति पाएसँगै नाडेपले १ सय रुपैयाँ अंकित मूल्यमा ४ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । संस्थाको इस्यू म्यानेजरमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

धादिङको गजुरीमा प्रधान कार्यालय रहेको कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्नेछ ।

कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । चुक्त्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

लघुवित्तमा नबिल बैंक, विकास आयोजना सेवा केन्द्र र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीको लगानी रहेको छ ।वि. सं. २०७० माघ १५ गते स्थापना भएको लघुवित्तले प्रधान कार्यालय सहित ६२ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।