0 COMMENTS

काठमाण्डाै०४जेठ०७५/  जोशी हाइड्रोपावर कम्पनी (JHDCL) ले आयोजना प्रभावित क्षेत्रका स्थानीबासीका लागि जेठ ८ गतेदेखि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला, इलाम नगरपालिका वडा नं १, ३ र ४ का वासिन्दाहरुको लागि तीन लाख ७१ हजार चार सय कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो।

इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले स्थानीयलाई ३ करोड ७१ लाख ४० हजार रुपैंया बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको आइपिओमा छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले इलाम जिल्लामा रहेको सिद्धार्थ बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कन्काई विकास बैंकमार्फत आवदेन दिन पाउनेछन् । उक्त आइपिओमा न्युनतम ५० देखि अधिकतम १ हजार ८ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीको इक्रा रेटिङ ’इक्रा एनपि आइपिओ ग्रेड ५’ रहेको छ। यस सूचकले कम्पनीको वित्तीय अवस्था सबैभन्दा कमजोर रहेको जनाउँछ।

पहिलो आयोजनाको रुपमा ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा रहेको कम्पनीले २०७१ माघ १ गतेबाट उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।

आयोजना बनाउन ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।कम्पनीको जारीपुँजी ३७ करोड १४ लाख रुपैयाँ छ ।

कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी हुनेछ । स्थानीयलाई १० प्रतिशत आइपिओ बिक्री गरेपछि सर्वसाधारणलाई ३९ प्रतिशत आइपिओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।