0 COMMENTS

काठमाडौं०३जेठ०७५/ एमाले–माओवादी एकतापछि बन्ने नयाँ पार्टीको सचिवालय नौ सदस्यीय हुने भएको छ ।

पार्टी एकताको अन्तिम गृहकार्यमा लागेका एमाले माओवादी पार्टी एकता संयोजन समितिको बिहीबार बसेको अन्तिम बैठकले नयाँ पार्टीको सचिवालय सदस्य संख्या नौ जनाको हुने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले आजै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने र दुवै पार्टीको संयुक्त बैठक आजै बालुवाटारमा बस्ने निर्णय गरेको एमाले नेता इश्वर पोखरेलले बैठकपछि जानकारी दिए ।

को–को पर्छन् सचिवालयमा ?
एकीकृत पार्टीको शक्तिशाली र हेडक्वार्टर मानिने सचिवालय सदस्यमा एमालेबाट अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र ईश्वर पोखरेल रहने अधिक सम्भावना छ भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायाणकाजी श्रेष्ठ, नेता रामबहादुर थापा बादल रहने लगभग निश्चित भएपनि अर्का एकजनाको भने नाम टुङगो लागिनसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।