0 COMMENTS

काठमाडौं०३, जेठ०७५/ बिहीबार नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुने भए पछि त्यसको प्रभाव शेयर बजारमा समेत देखिएको छ । लामो समयसम्म ओरालो दिशामा लागेको शेयर बजार बाम एकता हुने चर्चासँगै बिहीबार उकालो लागेको हो ।

बुधबार सामान्य अंकले बढेको नेप्से परिसुचक बिहीबार कारोबार खुलेको एक घण्टामै करिब १० अंकले उकालो लागेको छ । १३३८ दशमलव ०२ अंकबाट शुरु भएको कारोबार १२ बजेर १० मिनेट सम्म जादा १० दशमलव ११ अंकले बढेर १३४८ दशमलव १२ अंकमा पुगेको छ । नेप्से परिसुचक दोहोरो अंकले बढेपनि कारोबार रकममा भने त्यति उत्साह देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।