0 COMMENTS

काठमाडौं ०३जेठ०७५/ भारतीय प्रधानमत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका वेला जानकी मन्दिर परिसरको मञ्चमा स्वरूप बिग्रेको नेपालको राष्ट्रिय झन्डा भारतीय दूतावासले राखेको खुलेको छ ।

भारतीय सुरक्षाकर्मीले मञ्चको दायाँ–बायाँ दुई देशका झन्डा राखेका थिए । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

जानकी मन्दिर प्रांगणमा रामायण सर्किटको शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्चको दक्षिणपट्टि भारतको र उत्तरपट्टी नेपालको झन्डा राखिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर पुग्नु आधा घन्टाअघि दूतावासको कमान्डमा रहेका भारतीय सुरक्षाकर्मीले ती झन्डा राखेका थिए ।नेपालको झन्डा उनीहरूले कहाँबाट ल्याए भन्ने नेपाली पक्षलाई जानकारी छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।