0 COMMENTS

 भनिन्छ सामान्यतया महिलाहरूलाई बुझ्न निकै कठिन हुन्छ । शास्त्रमा पनि पनिएको छ ।
‘स्त्रीया चरित्रम्, पुरुषष्य भाग्यम्
दैवो नजानाति, कुतो मनुष्यम् । ’
स्त्री को चरित्र र पुरुषको भाग्य भगवानले त जान्दैन भने हामी मानिसले कसरी थाहा पाउन सक्छौं । हो यस्तै महिलाको आचरणबारे सहजै पत्ता लगाउन सकिदैन । तर महिलाहरूको केही यस्ता खराब बानी हुन्छन् जुन उनीहरूको स्वभावमा सामेल हुन्छन् । यस्ता खराब बानीहरू के के हुन् र कसरी थाहा पाउन सकिन्छ भनेर चाणक्यले केही नीति हरू बताएका छन् । जुन यस्ता छन् ।

अधिकांश महिलाहरू प्रत्येक कुरामा झुठो बोल्ने गर्छन् । त्यही झुठो बोल्ने बानीका कारण महिलाहरू धेरै पटक निकै संकटमा फस्ने गर्छन् । यति हुँदा पनि उनीहरूको स्वभावमा कुनै परिवर्तन आउँदैन । उनीहरूलाई एउटा झूठ लुकाउनका लागी बारम्बार झुठ बोल्नु पर्ने हुन्छ ।

– महिलाहरू प्राय अचानक नै कुनै काम गरिरहेका हुन्छन् । बिना सोच र विचार उनीहरूले गर्ने केही काम सामान्य हुन्छ । यस कारण उनीहरू समयसमयमा निकै ठूलो समस्यामा पर्ने गर्छन् । उनीहरूले यसरी गरेको धेरै काम बिग्रिने गर्छ ।

– चाणक्यका अनुसार कुरा गर्ने क्रममा बढीनै नाटक गर्ने गर्छन् ।यस्तै, आफ्नो प्रभावलाई कायम राख्नका लागि तथा अन्य मानिसलाई आफू प्रति आकर्षित गर्नका लागी महिलाहरुले विभीन्न नाटक गर्ने गर्छन् । महिलाहरू आफूप्रति धेरै मानिस आकर्षित होउन् र धेरैले आफ्नो प्रशंसा गरून् भन्ने चाहना राख्छन् ।

– महिलाहरूले आफूमा निकै आत्मविश्वास भएको देखाउन कुनै कुनै गर्नै नहुने काम पनि गरिरहेका हुन्छन् । यसका कारण उनीहरूले आफ्नो मान(सम्मान गुमाउनु पर्ने र थप समस्या पनि थपिने हुन सक्छ ।
– सामान्यतया महिलाहरू धनप्रति निकै आकर्षित हुने गर्छन् । धन तथा गहनाप्रति उनीहरूको खास लगाव हुने गर्छ । कहिलेकाही धनको लोभमा राम्रो नराम्रो दुवै भुल्ने गर्छन् र गलत कार्य समेत गर्न पछि पर्दैनन् ।

– चाणक्यका अनुसार महिलाहरूको मन कमलो हुन्छ । तर, केहि महिला निकै निर्दयी पनि हुन्छन् । उनीहरूले आफूलाई मन नपर्ने मानिसलाई निकै निर्दयी व्यवहार गर्छन् । यी सबै महिलाहरूको खराब गुणका बारेमा चाणक्यले सयौ वर्ष पहिले लेखेका थिए । यी सबै अहिले पनि उस्तै छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।