सुर्खेत०२जेठ०७५/ सुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान दुर्घटनामा पाइलोेट र को पाईलोट दुवैको मृत्यु भएको छ ।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार पाइलट र को पाइलट दुवैको मृत्यु भएको हो । बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट सामान लिएर उडेको ‘कार्गो’ जहाज हुम्लाको खार्कोनाथ गाउँपालिकाको बाहुनखर्कमा विमान फेला पारेको हो । घटनास्थलमा अहिले अर्को हेलिकोप्टर पुगेको छ । थप विवरण आउन बाँकी छ ।
जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो। विमानमा पाइलट किरण भट्टराई र को पाइलट रहेको आदित्य नेपाली थिए ।
प्रतिक्रिया दिनुहोस्