0 COMMENTS

काठमाडौं२, जेठ २०७५ / मकालु एयरको सम्पर्कविहीन विमान बाजुरामा भेटिएको छ ।सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको छ ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमान बाजुरामा भेटिएको जानकारी दिए ।सम्पर्कविहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको छ । महाप्रबन्धक क्षेत्रीले विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल रहेको बताए ।

बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा नआएपछि खोजीकार्य अघि बढाइएको थियो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उक्त जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।