0 COMMENTS

अहिलेको समयमा बोइफ्रेन्ड बनाउने फेसनको रुपमा चलेको छ । प्राय जसोः १८ वर्ष भन्दा मुनीका केटाकेटीहरु गर्लफ्रेन्ड–बोइफ्रेन्ड बनाउने चक्करमा हुन्छन् । यौन सम्पर्कमा पनि साना उमेरका केटाकेटी बढी खुल्न थालेको पाइन्छ । तर, स्त्री रोग विशेषज्ञका अनुसार १८ वर्ष भन्दा मुनीका केटीहरुले यौनसम्पर्क राख्दा उनीहरुको स्वास्थ्यमा बिभिन्न खालको खतरा आउन सक्छ ।

यस्ता छन् कम उमेरमा यौन सम्पर्क गर्दा हुने समस्याः

१. शारिरीक समस्या

सानो उमेरमा यौनसम्पर्क राख्दा केटीहरुलाई बिभिन्न खालको शाररिक समस्या हुन् सक्छ । जसले गर्दा उनीहरुको भविष्यमा असर पर्न सक्छ ।

२. मानसिक समस्या

सानो उमेरमा यौनसम्पर्कको लागी केटीहरु शाररिक र मानसिक दुवै तरिकाबाट नै तयार भइसकेका हुदैनन् । त्यसैले सानो उमेरमा यौनसम्पर्क राख्दा केटीहरुलाई मानसिक समस्या आउन सक्छ ।

३. गर्भपतन गर्दा

नेपालमा एक वर्षमा लगभग ५०,००० जती गर्भपतन हुने गरेको पाईन्छ । कम उमेरमा गर्भपतन गर्नाले केटीहरुलाई बिभिन्न खालको समस्याहरु आईलाग्न सक्छ । १८ वर्ष भन्दा मुनीका केटीहरुको शरीरले गर्भपतनको बोझ थाम्न सक्दैनन् ।

४. एड्सको खतरा

कम उमेरमा यौनसम्पर्क गर्दा केटीहरुलाई इन्फेक्सनको सबै भन्दा ठुलो खतरा हुन्छ । कम उमेरको केटीहरुले यौनसम्पर्क राख्दा उनीहरुको शारीरिक विकास राम्रोसँग हुदैन । यसै कारण केटीहरुलाई एचआईभी एड्स तथा अरु रोग लाग्न सक्ने खतराहरु पनि धेरै हुन्छ ।

५. आत्म हत्याको खतरा

सानो उमेरमा यौनसम्पर्क राख्दा आफ्नो घर परिवार र समाजको डरले गर्दा सानो उमेरका केटीहरुले आत्महत्या गर्न सक्ने सम्भावना धेरै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।