0 COMMENTS

मिलन चाम्लिङ,३१बैशाख०७५/  व्यावसायिक एकता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको बसन्त स्मृति भबन धरानमा नेपाल कपडा तथा सिलाइ व्याबसायि संघ सुनसरी जिल्ला कार्य समितिको आठौं साधरण सभा तथा चौथो जिल्ला अधिबेशन सुरु भएको छ।

अधिबेशन उद्दघाटन सत्रमा बोल्दै प्रमुख अतिथि नेपाल कपडा तथा सिलाइ व्यावसायि संघको केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले कपडामा भैरहेको जुन सिण्डिकेटले वास्तविक जो व्यावसाय दर्ता भएर संचालन आएको छ उनिहरुमा मारमा परेका कारण सिण्डिकेट अन्त्यको लागि आन्दोलन रहेको बताएका छन।

अधिबेशन उद्दघाटन सत्र बोल्दै बिशिस्ट अतिथि धरान उपमहानगरपालिका उप मेयर मन्जु भण्डारीले सधै ब्याबसायीहरु एक जुट भएर काम गरेमा कसैलाइ अप्ठ्यारो नपर्ने,ब्याबसायीहरुले जनताको हितको लागि योजना बनाएर नगरपालिकामा सहयोग माग्न आएको खण्डमा सहयोग गर्ने बताएकि छिन र दर्ता नगरी गर्दै आएको ब्याबसायहरु दर्ता गर्न अनुरोध पनि गरेका छन ।

संस्था र ब्याबसायीको हितमा काम गर्ने ब्याक्तिलाई अध्यक्ष छान्नु पर्ने नेपाली काङ्ग्रेस धरान नगर उपाध्यक्ष महेन्द्र तामाङले बताएका छन।अब शासनको विरुद्ध आन्दोलन गर्न नपर्ने तर समृद्धिको विरुद्धमा आन्दोलन गर्नु पर्ने जुन काम नेपाल कपडा तथा सिलाइ ब्याबसायी संघले गरेको धरान नगर कमिटी नेकपा एमालेका कार्यबाहक अध्यक्ष नारायण सुबेदिले बताए ।उद्दघाटन सत्रमा नेपाल कपडा ब्याबसायी संघ केन्द्रिय बरिस्ठ उपाध्यक्ष लालबाबु परियार ,प्रथम उपाध्यक्ष दिपक त्रिपाठी,महासचिव सदिश श्रेष्ठ लगायतले मन्तव्य राखेको थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।