0 COMMENTS

झापा३०बैशाख०७५/  झापाको मेचीनगरपालिका स्थित सूर्योदय यातायात प्रालिको ग्यारेजमा आज बिहान ३ बजे सकेट बम विस्फोट भएको छ । उक्त बमले सूर्योदय यातायात प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नंम्बरको बसमा क्षति पुगेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सकेट बम विष्पोट गराएको हुनसक्ने झापा जिल्लाका प्रहरी उपरीक्षक विष्णु केसीले बताउनु भयो । बमको कारण गाडीको डिजेल ट्याङ्की, झ्यालका सिसा तथा टायरहरुमा क्षति पुगेको छ ।

झापामा अन्य स्थानमा सामान्य रहेको बताउँदै प्रहरी उपरीक्षक केसीले विस्फोट गर्नेको खोजी जारी रहेको बताउनु भएको छ । यसबाहेक झापामा विप्लव नेतृत्वको बन्दको प्रभाव भने खासै देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।