0 COMMENTS

वि.सं. २०७५ साल वैशाख ३० गते। आइतबार। इश्वी सन् २०१८ मे १३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ । ज्येष्ठ कृष्णपक्ष। तिथि– त्रयोदशी, २०:१६ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– रेवती, १२:०६ बजेउप्रान्त अश्विनी। योग– प्रीति, ९:३० बजेउप्रान्त आयुष्मान्। करण– गर, ८:३६ बजेदेखि वणिज, २०:१६ बजेउप्रान्त भद्रा। आनन्दादिमा प्रवर्द्धमान योग। चन्द्रराशि– मीन, १२:०६ बजेउप्रान्त मेष। काठमाडौँमा सूर्योदय– ५:१८ बजे, सूर्यास्त– १८:४३ बजे र दिनमान ३३ घडी ३३ पला। पञ्चक। १२:०६ बजे समाप्ति।

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) : सामान्य स्वास्थ्य सम्बन्धी समस्या बाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जाँगरमा कमी आउनेछ । अरूको भर पर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्याबहार बिग्रनेछ भने गलत सङ्गतबाट सजक रहनुहोला । साँझपख समय राम्रो रहेकोले आर्थिक क्षेत्र राम्रो रहेको छ भने समाजमा राम्रा काम गरेर आफ्नो नाम स्थापित गराउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) : आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा राज बाझिनेछ भने सम्यमित नभए अप्रिय भट्ना घट्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षति हुने योग रहेको छ । आफूलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाई लेखाइमा प्रशस्त समय खर्चिएपनि भनेजस्तो नतिजा आउनेछैन । लगानी गर्न खोज्दै हुनुहुन्छ भने केही समय पर्खनुनै उचित हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागी भई काम गर्ने अवसर जुर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नीबिच विश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : कामहरू समयमा नसकिने तथा अरूबाट बाधा ब्याबधान हुँने हुँनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रनेहुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाव सिर्जना हुँनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ । बिधिबिधान तथा कानुन सम्बत काम गर्नुहोला दण्ड तथा जरिवाना हुँने ग्रहयोग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरू स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरू स्वतः स्फुर्त रूपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाई लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथी सँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।

बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अलि बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यावसायमा गरिएको लगानी बाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । मध्यान्हबाट समय राम्रो रहेकाले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने व्यापारमा पनि प्रशस्त फाइदा हुने योग छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) : आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । सवारी साधनको व्यापार व्यावसायमा अलि बढी मेहनेत गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूका लागि समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : प्रणय सम्बन्धमा सुधार हुँनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । आम्दानी बढाउँन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला समस्या देखिने योग रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुँनाले रुपैयाँ पैसाको ब्याबस्थापन गर्न गाह्रो हुँनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यापार गर्ने सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरू सँग भेटघाट हुँने हुँनाले मन प्रसन्न रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : विद्यार्थीहरूले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुँनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला । आफन्त सँग सामान्य कुरामा पनि विवाद हुने ग्रहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।