0 COMMENTS

काठमाडौं, २८ वैशाख०७५ / हिन्दू युवासंघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मेयर एवम् माओवादी केन्द्रका नेता सियाराम कुसवाह (फिरोज) पक्राउ परेका छन् ।

मेयर कुशवाहलाई अदालतको फैसला कार्यान्वयका क्रममा पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

हिन्दू युवा संघ पर्साका संस्थापक अध्यक्ष तिवारीको हत्या अभियोगमा मेयर कुसवाहलाई पक्राउ गर्न उच्च अदालतको वीरगञ्ज कार्यालयले जिल्ला प्रहरी गौरलाई मंगलबार पत्र पठाएको थियो ।

राजनीतिक दवावका कारण रौतहट प्रहरीले मेयर कुसवाहलाई पक्राउ गर्न सकेको थिएन । सीआइबीले हिम्मत गरेर मेयर कुसवाहलाई पक्राउ गरेर अदातलमा बुझाएको छ ।

कुसवाह माओवादी केन्द्रका नेता एवम् सांसद प्रभु साहका तत्कालीन समयमा निजी सहयोगी थिए । साहले कुसवाहलाई बचाउन ठूलो प्रयास गरेपनि असफल भएका छन् ।

उच्च अदालत जनकपुरको वीरगञ्जस्थित अस्थायी इजलासले युवा संघ पर्साका अध्यक्ष तिवारीको हत्यामा दोषी ठहर गर्दै मेयर कुसवाहलाई फागुन २८ गते २० वर्ष जेल सजायको फैसला गरेको थियो ।

अस्थायी इजलास वीरगञ्जका न्यायाधीशद्वय नारायणप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले फैसला सुनाएको थियो ।

फैसलाको झण्डै डेढ महिनापछि कुसवाहलाई पक्राउ गरी बुझाउन उच्च अदालतबाट पत्र आएको प्रहरीले जनाएको थियो ।

यसैबीच, हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले तिवारीका हत्यारा माओवादी केन्द्रका नेता एवम् मेयर कुसवाहलाई प्रहरीले पक्राउ गरेमो धन्यावाद दिएका छन् ।उनले कुसवाह जस्ता अपराधीलाई समाजमा बस्ने अधिकार नरहेको कडा प्रतिक्रिया दिएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।