0 COMMENTS

चाहना भएर पनि यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिने बिभिन्न अध्ययनले पुष्टि भएको छ । ब्यबहारीक जीवनमा पनि यसको अनुभव तपाई हामी गर्नसक्छौँ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै बिभिन्न माध्यमबाट यौन इच्छा पूरा गर्नु स्वस्थ जीवनका लागी आवश्यक मानिन्छ ।

सामान्य जीवनमा तपाई हामीले ख्याल नगरे पनि यौन चाहना दवाएर बस्दा त्यसको प्रभाव हाम्रो जीवनमा परिरहेको हुन्छ । यौन चाहना दवाउने बानीले रक्तचापमा असन्तुलन आउने गर्दछ । जसले गर्दा हामीलाई छिटो रिष उठ्ने, निद्रा नियमित नहुने, अल्छी लाग्ने आदी समस्या देखिन्छ ।

पतिमा सम्भोग इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने समझदारी र धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा हस्तमैथुन वा अन्य तरिकाले पनि यौन इच्छा पूरा गर्न सकिन्छ । यौन सम्पर्क नराख्दा यौन शक्ति घट्छ भन्ने कुरामा सत्यता पाइँदैन । तर केही समय प्रबल इच्छा भएपनि सम्भोग गर्न छोडेमा सम्भोग इच्छा भने बिस्तारै घट्दै जान्छ ।

बढी मात्रामा मदिरापान गर्नाले यौन क्षमतामा प्रतिकूल प्रभाव पर्छ । मदिरापानले यौन इच्छा केही समयका लागि बढाए पनि यौनशक्ति घटाउँछ । अर्को कुरा केही गर्भनिरोधक चक्कीले हर्मोनका कारण केही महिलामा यौन इच्छा घटाउन सक्छ । यस्तो अवस्थामा केही समय गर्ननिरोधक चक्की खान छाडेमा पुनस यौन इच्छा बढ्न जान्छ ।

कसैलाई मधुमेह, क्यान्सर र निद्रा लाग्ने औषधिले पनि यौन क्षमतामा प्रतीकूल असर गर्छ । चुस्त यौन जीवनका लागि यौनांगलाई सँधै सफा गर्नुपर्छ । यसबाहेक यौनका लागि मुखको सरसफाइ पनि राम्रो हुनुपर्छ । श्वास गन्हाउने समस्या भएमा यौन जीवनमा प्रतिकूल असर पर्नसक्छ ।

धेरै मानिसलाई मुख मैथुन अप्राकृतिक र फोहोरी लाग्छ । तर यो व्यक्तिगत सोचसँग सम्बन्धित कुरा हो । यदि राम्रो सरसफाइ र सुरक्षित भए मुख मैथुनलाई नराम्रो मानिँदैन । यदि यौन रोग र सरसफाइ राम्रो नभएमा चाहिँ मुख मैथुन हानीकारक हुन्छ ।

अर्को कुरा सम्भोगपछि पनि एक अर्काप्रति माया व्यक्त गर्नुपर्छ । यौन साथी सन्तुष्ट भए नभएको बुझ्नुपर्छ । पुरुषले चरम आनन्द लिँदैमा सम्भोग क्रिया पूर्ण भयो भन्ने सोच्नु ठिक हुँदैन । सामान्यतया महिलाहरुलाई पुरुषको तुलनामा ढिलो यौन सन्तुष्टी हुनेगर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।