0 COMMENTS

काठमाण्डाै२८बैशाख०७५/प्रहरीले ग्रेटर नेपाल अभियानका ३ जना केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका विमल ब्रर्लाकोटी, काठमाडौंका प्रकाश सुवेदी र गोविन्द बोहोरा छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा उनीहरुले द्धेष फैलाउने तथा सद्भाव विथोल्ने कार्य गर्न सक्ने भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी धिरतप्रताप सिंहले उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।